रक्तचन्दनसहित भक्तपुरबाट २ जना पक्राउ

भक्तपुर: भक्तपुरमा रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । रक्तचन्दन र लागुऔषध सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीको चेकपोस्टले जगातीबाट पक्राउ गरेको हो । सुरक्षा चेकका क्रममा सूर्यविनायक नगरपालिका–८, जगातीमा उदयपुर बेलटारबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ४ ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेका ५६ पिस रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर वेलटारका १९ वर्षीय मोहन नेपाली छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनभयो ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार २०:५१