मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा देशभरका पत्रकार आन्दोलीत: राजधानीमा प्रदर्शन

काठमाडौँ : संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशब्यापी रुपमा प्रदर्शन भएको छ । पत्रकारहरुले आज नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गरेका हुन । पहिलो चरणको आन्दोलन अन्तर्गत संचार सामग्रीसहित पत्रकार आन्दोलनमा उत्रिएका हुन् । यसअघि अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो । महासंघको आव्हानमा ७७ जिल्लामै पत्रकारहरुले विरोध प्रदर्शन गरेको जनाइएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १४:५६