धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाण्डौ : धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प गएको हो । भूकम्प दिउँसो २ बजेर ८ मिनेटमा गएको थियो । भुकम्पको धक्का काठमाण्डौलगायतका आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १४:५१