कुनै पनि खालको राजनीतिक परिस्थितिले सरकारलाई विचलित बनाउन सक्दैन: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट सरकार विचलित नहुने भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले राष्ट्र, राष्ट्रियता र मुलुकलाई समृद्ध बनाउने अभियानमा कुनै पनि खालको राजनीतिक परिस्थितिले सरकारलाई विचलित नबनाउने प्रष्टयाउनु भएको हो ।

नेपाल साङ्गितीक संघ र साधनाकला केन्द्रले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औं जन्मजयन्तिको अवसरमाशुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन । सरकारले समृद्धि, राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही दिशा दिने र गन्तव्यमा पु¥याउने काम गर्नेछ ।”

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आकंलन पनि भएका थिए ।”

मन्त्री गुरुङले छिमेकी मुलुक भारत र चीन विकासको तीव्र गतिमा अघि बढेको स्मरण गराउँदै सोहीअनुसार मुलुकलाई पनि समृद्ध बनाउने सरकारले संकल्प लिएको स्पष्ट पार्नु भयो ।

“मुलुकलाई समृद्ध बनाउनुुछ, सन् २०२२ भित्र विकासोन्मुुख राष्ट्र बनाउनुछ ।” मन्त्री गुरुङले आग्रह गर्नु भयो, “सार्वभौम राष्ट्र र समृद्ध राष्ट्र निर्माणको अभियानमा सबैले आ–आफ्नो ठाउँबाट योगदान पुु¥याऔं ।”

उहाँले वरिष्ठ संगीतकार अमर गुरुङले गीत संगीतको माध्यामबाट नेपाललाई विश्वभर चिनाउने काम गरेको उल्लेख गर्दै उहाँको योगदान नेपाल राष्ट्र र नेपाली जनताले सदा स्मरण गरिरहने बताउनुभयो ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीतगाएर गिनिजबुकमानाम लेखाउन सफलहुनुभएकोप्रतिगौरवान्दितहुँदै सम्मानगरिएको थियो भने स्वर्गीय गुरुङका जेठा छोरा तथाविश्वविख्यातगीतार वाधककिशोर गुरुङद्धारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’नामक कृतिको विमोचन समेत मन्त्री गुरुङले गर्नुभएको थियो । सो अवसरमावरिष्ठ संगीतका स्व.गुरुङको सम्मानमाविभिन्न साङ्गितीक प्रस्तुती समेत प्रस्तुतगरिएको थियो ।


प्रकाशित | १४ फाल्गुन २०७७, शुक्रबार २०:२१