बैतडी जीप दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत

बैतडी : बैतडीको नानीगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको खनाखत भएको छ ।  जीप जिल्लाको शरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका १०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १८:११