म्याग्दी बाढी पहिरो अपडेट : मृतक संख्या १४ पुग्यो, दश जनाको सनाखत, १९ बेपत्ता

म्याग्दी : म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १४ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये दस जनाको सनाखत भएको छ । साथै अन्य १९ जना अझै वेपत्ता छन् ।

प्रहरीका अनुसार बाढी तथा पहिरोमा पुरिएका धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी, सविन र रघुगंगा गाउँपालिका वडा नं. ६ ठाडाखानीका नलिमान छन्त्यालको शव भेटिएको हो ।

मृतक १४ जना मध्य १३ जना पहिरोमा पुरिएका र एक जना नलिमान छन्त्याललाई स्थानीय लापु खोलाले बगाएर मृत्यु भएको प्रहरीले बताएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसा पहिरोमा पुरिएका धवलागिरी गाउँपालिकाको मराङका ६ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र वेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका ६ जनाको खोजी कार्य जारी राखिएको छ ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार १९:४५