वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगीत

काठमाडौँ :  वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगीत गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सबै मुलुकको लागि श्रम स्वीकृती अनिश्चितकालका लागि स्थगीत गरेको हो ।

सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विहिबार बसेको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने सबै देशको अन्तिम श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो।


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार १५:५६