सरकारले घटायो पीसीआर शुल्क, अब सरकारीमा ८ सय, निजीमा १५ सय

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो।

सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निशुल्क हुनेछ। अन्यको हकमा भने ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिनु भयो । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो।

 


प्रकाशित | ५ माघ २०७८, बुधबार १८:५६