मेस्सी सहित अर्जेन्टिनाको ३१ सदस्यीय टोली घोषणा

एजेन्सी: अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका अन्तरिम प्रशिक्षक लिओनल स्कालोनीले अर्को महिनाबाट हुने कोपा अमेरिका फुटबलका लागि राष्ट्रिय खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेका छन् । अघिल्लो दिन स्कालोनीले ३१ सदस्यीय प्रारभ्मिक टोली सार्वजनिक गरेका हुन् ।

।अर्जेन्टिनी टोलीको सर्ट लिस्टमा स्थायी कप्तान लिओनल मेस्सीदेखि अघिकांश ठूला खेलाडी परेका छन् । कप्तान मेस्सी टोलीमा परेसँगै उनले कोपा अमेरिका खेल्ने पक्का भएको छ ।

मेस्सी सन् २०१८ को रसिया विश्वकपपछि केही समयअघि भेनेज्वेलसाँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोलीमा फर्किएका थिए । मेस्सी करिब ९ महिनापछि टोलीमा फर्किएको सो खेलमा अर्जेन्टिनाले ३–१ को नमिठो हार भागेको थियो ।

कोपा अमेरिका जुन १४ देखि जुलाई १७ सम्म ब्राजिलमा आयोजना हुँदैछ ।यसपटक कोपा अमेरिकामा ब्राजिललाई सबैभन्दा बलियो उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ । त्यसैगरी, अर्जेन्टिना पनि उपाधि होडमा हुनेछ ।

यसपटक कोपामा अर्जेन्टिनी समूह ‘बी’ मा परेको छ । सो समूहमा अर्जेन्टिनीले कोलम्बिया, पाराग्वे र पाहुना टोली कतारको सामना गर्नेछ ।अर्जेन्टिना यसअघि सन् २०१६ मा भएको प्रतियोगितामा फाइनलमा चिलीसँग पराजित भएको थियो ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार २०:४९