राष्ट्रिय परिचयपत्रको काममा तीब्रता, एक सातामै १ लाखले गरे विवरण दर्ता

राष्ट्रिय परिचयपत्रको काममा गति बढाउदै छौं: महानिर्देशक पण्डित

काठमाडौं : राष्टिय परिचपय तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको कामलाई तीब्रता दिएको छ । विभागमा रुद्र प्रसाद पण्डितले महानिर्देशकको जिम्मेवारी समाल्नु भएको छोटो समयमै राष्ट्रिय परिचयपत्रको कामलाई तीब्रता दिइएको हो ।

महानिर्देशक पण्डितका अनुसार अहिले साप्ताहिक रुपमा करिब १ लाख नागरिकको विवरण दर्ता भैरहेको छ । हालसम्म १ करोड १० लाख ६६ हजार नागरिकको विवरण दर्ता सप्पन्न भइसकेको छ ।

पहिले दैनिक ६ हजार ५ सय कार्ड छपाई हुनेमा गएको एक हप्ता देखि दुई सिफ्टमा दैनिक औषत १५ हजार परिचय पत्र कार्ड छपाइ शुरु भएको र हालसम्म ८ लाख ५ हजार कार्ड छपाई गरि १ लाख २७ हजार बितरण

पहिले दैनिक ६ हजार ५ सय कार्ड छपाई हुनेमा गएको एक हप्ता देखि दुई सिफ्टमा दैनिक औषत १५ हजार परिचय पत्र कार्ड छपाइ शुरु भएको र हालसम्म ८ लाख ५ हजार कार्ड छपाई गरि १ लाख २७ हजार बितरण भएको महानिर्देशक पण्डितले जानकारी गराउनुभयो ।

काठमाडौ, लालितपुर, भक्तपुर, मोरङ, कञ्चनपुर, कैलाली, गुल्मी, स्याङ्गजा, अछाम र बाँके जिल्ला प्रशासन कार्यालयहरुमा विवरण दर्ता गराएकोमा नागरिकको परिचयपत्र बितरणको लागि जिल्लामा पठाइसकिएको र म्यासेज एपछि मात्र सम्बन्धित जिल्लामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानिर्देशक पण्डितका अनुसार सातै प्रदेशका राजधानी रहेका जिल्ला तथा महानगर र उप महानगर रहेका ठूला शहर भएका जिल्लाको कार्ड छपाई गरि बितरण गर्ने निणय र चैत्र मसान्तसम्म पुराउने तयारी भइरहेको छ ।

कञ्चनपुर जिल्लामा अभियानको रुपमा सकलन गरिएको विवरणको परिचय पत्र असारसम्म बितरण सम्पन्न गर्ने योजना रहेको जनाइएको छ ।

बाहय जिल्लामा जन्म भई काठमाडौ उपत्यकामा बसोबास गर्ने नागरिकहरूको लागि उपत्यकामा २७ वटा स्टेशन सञ्चालन र हाल देशभर ८३० स्टेशन सञ्चालन भइरहेको महानिर्दे्शक पण्डितले जानकारी गराउनुभयो ।

त्यस्तै, महानिर्देशक पण्डितले १६ जिल्लाका वडा स्तरमा विवरण दर्ता अभियान संचालन गरिएको र दर्ता विवरण प्रबिस्टी गर्दा शुद्धता कायम गर्न ७७ जिल्ला प्रशासन, २२ ईलाका प्रशासन र सबै स्थानीय तहहरुमा परिपत्र गरिएको बताउनुभयो ।

‘परिचयपत्र सम्बन्धि गुनासो र जिज्ञासा समाधान गर्न एकैपटक ४ जनाले फोन गर्नसक्ने ०१५९७०४४९ कल सेन्टर सञ्चालन गरिएको छ’, महानिर्देशक पण्डितले भन्नुभएको छ, ‘अबको फोकस विवरण दर्ता, कार्डको छपाई, बितरण र सेवासँग आबद्धता रहनेछ ।’


प्रकाशित | १६ फाल्गुन २०७९, मंगलवार १९:०४