हावाहुरी प्रभावीतलाई एनआरएन चीनकोे ५ लाख ३६ हजार ५ सय सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) चीनले हावाहुरी प्रभावीतको राहतको लागि ५ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएन जापानले एनसिसीबाट सकलीत ४ लाख रुपैयाँ र क्षेत्रीय समिति इयूबाट १ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

आइसिसी सदस्य अमृता थापा (कञ्चन ) मार्फत सो सहयोग आइसिसी सचिवालयमा हस्तान्तरण गर्न लागिएको एनआरएन चीनले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ । चीनका अध्यक्ष सुदेश कुमार झाले हाल संकलन भएको रकम नेपाल पठाइए पनि थप राहतको लागि सहयोग जुटाउने कार्य भइरहेको जानकारी गराउनुभयो ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार २०:०३