शेयर बजारमा फेरि गिरावट

काठमाडौं : साताको अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । केहि दिन यता शेयर बजारमा उत्तरचढाव जारी छ । बुधबार सामान्य अंकले बढेको शेयर बजार  आज भने गिरावट आएको हो ।  आज नेप्से मापन गर्ने सूचक २.२९ अंकले घटेर १३१८.७१ बिन्दुमा रोकिएको छ । आज सूचक र कारोेबार दुवैमा गिरावट आएको छ । १७३ कम्पनीको २९ लाख ९२ हजगार ६६३ कित्ता सेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँमा किनबेच भएको छ ।

११ समूहको कारोबारमा विकास बैंक २१.२५, वित्त २.८४, निर्जीबन बीमा कम्पनी २७.२७, उत्पादन तथा प्रशोधन ९९.७४ र म्यूचुअल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ । करोबारमा बैंकिङ ८.२४, जीवन बीमा समूहको उपसूचक १२.४ अंकले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र एनसीसी बैैंक छन् । शिवम्को १३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल बैंकको ६ करोड ८१ लाख र एनसीसी बैंकको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार गरेको हो । आज शिवम् सिमेन्ट, मल्टिप्रपोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, एइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताबाहेक सबै लगानीकर्ताले गुमाएका हुन ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १७:३७