एनआरएनए फ्रान्सको महासचिव पदमा बिर बहादुर खड्काको उम्मेद्वारी घोषणा

फ्रान्स: फ्रान्समा लामो समय देखि बसोबास गर्दै आएका व्यावासाही एवं सेवाभावले प्रेरित बिर बहादुर खड्का (बिरु)ले एनआरएनए फ्रान्सको आगामी २०१९ २०२१ को लागि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनमा खड्काले महासचिवमा उम्मेदवारी घोषणा गर्दै १५ बुंदे प्रतिबद्वता सार्वजनिक गरेका हुन् ।

नेपालमा चेतनाको जननी मानिने शिक्षा क्षेत्र, विशेष गरि अध्यापन, व्यबस्थापन र परामर्शको क्षेत्र साथै विभिन्न समाजिक संघ संस्थामा रहेर काम गरेको र यहाँ फ्रान्स मा पनि सामाजिक सकृयता र आफ्नो व्यबसाय संचालन का साथ साथै एनआरएनए अभियान लाई केहि वर्ष देखि नजिकबाट चिन्ने मौका पाएको बताउदै खड्काले एनसीसीको विधानलाइ सुधार गर्दै आर्थिक पारदर्शिता र सूचनाको हकलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने युवा तथा बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै सामाजिक हितको लागि अगाडी बढ्ने र.सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने बताएका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्वता :

मेरो उम्मेदवारी किन र के का लागि ?

१.कुनैपनि संस्थाको साखलाई उचो राख्न महासचिवको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा म राम्रोसंग जानकारी राख्दछु। हालसम्म विभिन्न संघ संस्था र पेशा-व्यवसायमा लिएको कार्यानुभवको आधारशिला एवम् सामाजिक सेवा भाव सहित आफ्नो उर्जा र लगनशिलतालाई निश्वार्थ, निष्पक्ष र विधान सम्मत तवरले NRNA France को गरिमा बढाउन मेरो महत्वपूर्ण भूमिका हुनेछ।

२.नियमित प्रशासनिक र व्यवस्थापकीय कार्यलाई अझ प्रभावकारी बनाई NRNA को मुलभूत उद्देश्यलाई केन्द्र विन्दुमा राखेर भूमिका खेल्नु पर्ने हालको आवश्यकतालाई मूर्त रूप दिनु मेरो उद्देश्य हो।

३.अग्रज देखि युवा पुस्तालाई साथ लिएर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गरेर अगाडी बढ्ने।

४.जवाफदेहिता को संस्कार बसाल्न र संस्था भित्रको आन्तरिक प्रजातन्त्र तथा सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने।

५.संस्थाको बृहत्तर हित र सिद्दान्त अनुसार सदस्यता प्रमाणीकरण र नवीकरण सम्बन्धी अस्पष्टता र अप्ठेरा हरुलाई सरलीकृत, सु-सूचित र सर्वमान्य बनाउने।

६.संघले निर्णय र निर्धारण गरेका कार्यक्रमहरूलाई छिटो छरितो र व्यवस्थित रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने।

७.सबै संघ संस्थाहरू संग समन्वय र सहकार्य गर्दै विश्वासिलो वातावरण तयार गर्ने।

८.आर्थिक पारदर्शिता र सूचनाको हकलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने।

९.कुनैपनि नेपाली लाई परि आएको विभिन्न प्रकारको सहयोग गर्न सधै तत्पर छु, गरिरहेको छु र अझै गरिरहेने छु। कसैलाई कागजी, प्रसाशनिक, आर्थिक वा अन्य कुनै पनि समस्या परेमा निसंकोच सम्पर्क गर्न सक्नुहुनेछ। आफुले सकेको र क्षमताले भ्याए सम्म अवश्य सहयोग गर्ने छु। यो विषयले निर्वाचनमा हुने हारजित सँग कुनै सम्बन्ध राख्ने छैन।

१०.हालको विधानमा भएका अस्पष्टताहरु लाई वर्तमानको सान्दर्भिकता र उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने गरि संशोधन गर्न पहल गर्ने।

११.बढ्दो संख्यामा रहेका नेपाली विद्यार्थीहरूले फ्रान्समा झेल्नु परेका समस्याहरूको पहिचान र तिनिहरूको न्युनिकरणको लागि पहल गर्ने।

१२.NRNA मा महिला सहभागितामा बिशेष जोड दिने। पेरिस भन्दा बाहिर रहेका नेपालीहरूलाई NRNA मा आबद्ध गर्न क्षेत्रीय समितिहरू बनाउन पहल गर्ने।

१३.NRNA फ्रान्सको कार्यालय स्थापना गर्न र वार्षिक स्मारिका प्रकाशित गर्न आवश्यक काम गर्ने।

१४.एन आर एन ए जस्तो बिश्वब्यापी संघ फ्रान्सको क्रियाकलाप केबल सामान्य भोज -भतेर , नाच-गान र खेलकूदमा सीमित छ, यी नियमित Rutine का कृयाकलापहरु पनि हुनुपर्छ। तर साथमा मलाई महासचिब पदमा बिश्वास गर्नु भयो भने मातृभूमि नेपालको समृधिकोलागि एन आर एन ए संयुक्त लगानी कोष बारेमा , नेपाली महिला हकहित अनि रोजगारी बारेमा , युवा तथा दोश्रो-तेस्रो पुस्ताका नेपाली सन्तानका बारेमा त्यसै गरेर गैर आबसीय नागरिकता आदि बारेमा छलफल र बिचार आदान प्रदान गर्ने गोष्टी तथा बैठकको व्यवस्था गरि सर्बहित र राष्ट्रिय हितको सवालमा सबैको मत र सम्मान गर्ने वातावरण बनाउने छु।

१५.यस NRNA अभियानमा जिम्मेवारी बोधका साथ यहाँहरुको माझमा आएको छु। तपाइहरूको अमूल्य मत र सल्लाह-सुझाव पाउने अपेक्षा छ। आगामी महाधिवेशनमा उपस्थित भई आफुले रोजेको उम्मेदवारलाई निर्वाचित गराउनु हुन सबैमा हार्दिक अपिल गर्दछु।

बिर बहादुर खड्का
एनसीसी फ्रान्स [२०१९ – २०२१] को लागि महासचिव पदका उम्मेदवार


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १४:५६