उपत्यकामा जिउँदा पशुपंक्षी भित्र्याउन बन्द

काठमाडौंः सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।  जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल जिउँदा खसीबोका, राँगालगायत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन छैन । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०८:४९