मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं: भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँदिल्ली गर्दैहुनुहुन्छ । प्रधानमन्त्री ओली मोदीलाई बधाई तथा शुभकामना दिन शपथग्रहण कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले आजै शपथ ग्रहण गर्दैछ। भ्रमणमा प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत जाने कार्यक्रम छ। प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कने कार्यक्रम छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०७:४०