सूर्यविनायकमा जरीवाना छुट सहित व्यवसाय दर्ता गर्ने समय सीमा फागुन मसान्तसम्म थपियो

भक्तपुर : सूर्यविनायक नगरपालिकाले जरीवाना छुट सहित व्यवसाय दर्ता गर्ने समय सीमा फागुन मसान्तसम्म थपेको छ । नगरपालिकाको एघारौ नगरसभाबाट नगर क्षेत्रमा संचालित सवै प्रकारका व्यवसायहरुलाई राजस्वको दायरमा ल्याउन व्यसाय दर्ता अभियान संचालन गर्ने कार्यक्रम स्वीकृत गरेको थियो ।

नगरसभाको निर्णय कार्यान्वयनका क्रममा स्थानीय राजस्व परामर्श समितिको सिफारिस एवं नगर कार्यपालिकाको निर्णय बमोजिम गत साउन १ गतेदेखि २०७९ पौष मसान्तको लागि व्यवसाय दर्ता अभियान कार्यक्रम संचालन हुने भनिएकोमा दुई महिना थप गरिएको हो । नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत अनिरुद्र नेपालले एक सूचना जारी गर्नुहुँदै म्याद थप गरिएको जानकारी गराउनु भएको हो ।

‘नगरपालिकामा अझै धेरै व्यवसायहरु नगरपालिकामा दर्ता गर्न बाँकि भएको तथा उद्योग बाणिज्य संघ लगायतबाट उक्त अभियानको म्याद थप गर्नुपर्ने अनुरोध भई रहेको सन्दर्भमा राजस्व परामर्श समितिको सिफारिस एवं नगर कार्यपालिकाको निर्णयानुसार जरीवाना छुट सहितको समयावधि २०७९ फागुन मसान्तसम्म थप गरिएको छ’ , जारी विज्ञप्तिमा भनीएको छ ।

सूर्यविनायक नगरपालिकाले मेयर बासुदेव थापाको नेतृत्वमा विकास निर्माणका कार्यलाई तीब्रता दिदै आएको छ ।


प्रकाशित | १५ माघ २०७९, आईतवार १८:४३