देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउँदैछौ: मन्त्री मगर

काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानी र सरसफाइ कार्ययोजना बनाइने र त्यसका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ । प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दै मन्त्री मगरले खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति बजेट आवश्यक पर्छ भन्ने कुरा कार्ययोजनामा समेटिने गरि तयारी भइरहेको बताउनुभयो ।

‘देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन संघीय सरकारले सहयोग गर्ने बताउँदै मन्त्री मगरले भन्नुयो, ‘स्थानीय तहमा खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गर्ने तयारीमा छौ ।’ प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दैमन्त्री मगरका अनुसार भूकम्पका कारण क्षति पुगेका ७ सय ७८ खानेपानी आयोजनामध्ये ६ सय ७० आयोजनाको पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी रहेका १ सय ९ आयोजनाको पनि आगामी वर्षभित्रै पुनःनिर्माण सकिनेछ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १५:४५