चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजनामा माध्यमीक तहस्तरीय ‘प्राकृतिक प्रकोप तथा मानवसिर्जित प्रकोप नियन्त्रणमा हाम्रो भूमीका’ र आभारभूत तहस्तरीय ‘हाम्रो साँस्कृति, हाम्रो गौरव’ ‘भन्ने शीर्षकमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा अन्तर्गत भएको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगर प्रमुख जीवन खत्रीले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

शिक्षा शाखा प्रमुख बीर बहादुर खडकाका अनुसार माध्यामिक तहमा बाल्मिकेश्वर माविका रोजन्स दुलाल प्रथम, नवीन ई. स्कुलकी आयूषा मोक्तान दोस्रो, सरस्वती माविका युनिक तिमिल्सिना तृतीय भएका छन् ।

त्यस्तै, आधारभूत तहतर्फ नवीन ई स्कुलका साम्भवी न्यौपाने प्रथम, महेन्द्रग्राम माविका सृजला दुलाल द्धितीय र फूलजाइट स्कुलकी आकृति न्यौपाने तृतीय भएकी छिन् ।


प्रकाशित | १२ भाद्र २०८०, मंगलवार २०:३०