एनआरएनए बैठक : अध्यक्ष पन्तको अधिकार खोस्ने र प्रमुख संरक्षकबाट घलेलाई हटाउन प्रस्ताव लग्ने केसी पक्षको तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघको आज बस्न लागेको ८२ औं  बैठकमा अध्यक्ष कुमार पन्तको अधिकार खोस्ने र  शेष घलेलाई प्रमुख संरक्षकबाट हटाउने तयारी अनुसार प्रस्ताव लगीन लागिएको छ । उपाध्यक्ष डा. बद्री केसी र महासचिव डा. हेम राज शर्माले अध्यक्ष पन्तले चुनाव गर्न नचाहेको जस्ता आरोप लगाउँदै सो प्रस्ताव लग्ने तयारी गरेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार बैठकमा प्रमुख संरक्षक घेललाई समेत हटाउने प्रस्ताव लग्ने तयारी छ । घलेले संस्था हितविपरीत कार्य गरेको र कुनै एक पक्षलाई चुनाव जिताउन लागिपरेको आरोप लगाउँदै केसी पक्षले सो प्रस्ताव लग्ने तयारी गरेको र सोही अनुसार आफ्ना समर्थकलाई सर्कुलर गरेको बुझीएको छ ।

पछिल्लो समय अध्यक्ष पन्तसँग रुष्ट बनेका केसी र महासचिव शर्माले अध्यक्षलाई दिएको अधिकार कुनै पनि हालतमा खोस्ने भित्री तयारी गरेको स्रोतले जानकारी गरायो ।

अध्यक्ष चुनाव गराउन सफल नभएको भन्दै अब केन्द्रीय समिति आफैंले निर्णय गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने केसी पक्षको तयारी छ । संस्थापन पक्षले ६ महिने कार्यकाल सक्किन अब दुई महिना बाँकी रहेकाले कुनै पनि हालतमा निर्वाचनको मिति हेरफेर नहुने गरि घोषणा गर्ने तयारी थालेको छ ।

उता कुल आचार्य पक्षधरले भने संघका प्रमुख संरक्षक शेष घेललाई निर्वाचन गराउने जिम्मा दिनुपर्ने माग गर्ने भएको छ ।


प्रकाशित | १ माघ २०७८, शनिबार ०९:०१