माधव नेपालको विदेश मोह : ११ महिनामा १० पटक विदेश भ्रमण

काठमाडौं:  चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे। यो उनको दोस्रो अमेरिका भ्रमण हो। पटक पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुन थालेको छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केको समाचार नयाँ पत्रिका दैनिकमा छ। उनी नेकपाभित्र सबैभन्दा बढी विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन्। उनी सबैभन्दा चीन तीन पटक गएका छन्। अमेरिका दुई पटक पुगे। बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक एक पटक भ्रमण गरेका छन्।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०६:५६