एनआरएनए सचिवमा कृष्णजीवी पन्थको उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने निर्वाचनमा अमेरिकाबाट कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

एनआरनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहनु भएको पन्थले आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको हो ।

एनआरएनए अमेरिकाके उपाध्यक्ष (२०१९-२१), वरिष्ठ उपाध्यक्ष (२०२१-२३) को जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नु गरिसक्नु भएको छ ।

पन्थले जिम्मेवारीमा रहँदा संस्थाको आफ्नै भवन खरिद गर्दा संयोजक, वान एनसिसी वान च्यारिटी अन्तरगत संयोजक हुँदा सल्यानमा प्रसूति गृहको निर्माण, च्याप्टरलाई सशक्तीकरण गर्नुका साथै अभियानमा युवा तथा महिलालाई प्रोत्साहन गर्ने लगायतका अन्य संस्थागत विकासका महत्वपुर्ण योगदान गर्नु भएको छ ।

सरल स्वभावको पन्थले नेपालका विभिन्न संघसंस्थामा सहयोग गर्ने देखि सामाजीक कार्यमा सक्रिय रहँदै आउनु भएको छ । नेपालको तनहुँ जिल्लामा जन्मनु भएको पन्थ लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ ।


प्रकाशित | २७ श्रावण २०८०, शनिबार २२:१५