काठमाडौं: चलचित्र ‘साइनो’ को रिलिज मिति सरेको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र साउन २४ मात्र प्रदर्शनमा आउने भएको छ । प्राबिधिक कारणले तोकिएको मितीमा चलचित्र रिलिज गर्न नसकेको निर्माण टिमले बताएको छ । नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको साइनोुलाई नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेकी हुन् भने रमेश थापाले निर्देशन गरेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको चलचित्रमा देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको निर्देशक थापाले बताए । नीता र मिरुनाका अलावा चलचित्रमा राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको अभिनय छ ।
प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १०:२७