एनआरएनए हङकङको निर्वाचन कार्यतालिका सार्वजनिक

हङकङ । गैर आवासीय नेपाली संघ हङकङमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी कार्यकालको लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त हेजेन राईद्धारा जारी विज्ञप्ती अनुसार जुलाई १७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यस्तै जुलाई १९ साँझ ५ देखी ७ बजेसम्म दाबी विरोध गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारी फिर्ता गर्न चाहानेका लागि जुलाई २० साँझ ५ बजेदेखि ७ बजेसम्म तोकिएको छ ।

 


प्रकाशित | ३१ असार २०७८, बिहीबार १९:१६