पोखरा : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँका ४, स्याङ्जा, बागलुङका ३/३, कास्की र म्याग्दीका २/२ जना रहेका छन् । कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । प्रदेशमा कोरोनो संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय ३३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित | २७ असार २०७७, शनिबार १२:२०