राहत, उद्धार तथा उपचारमा गम्भीर हुन माताहतका निकायलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं : गृहमन्त्री राम बहादुर थापाले बारा र पर्सामा आएको हावाहुरीमा घाइतेको उपचारमा कुनै कमी आउन नदिन र राहत तथा उद्धारमा गम्भिर बन्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गर्नुभएको छ ।

गृहमन्त्री थापाले एक सूचनामार्फत् घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको बताउनुभएको छ । मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी गराउनुभयो ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०९:१८