भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा मेयर सुरेन्द्र श्रेष्ठले कार्यभार समालेको एक वर्ष पूरा भएको छ । नगर प्रमुख श्रेष्ठले एक वर्षमा विगतमा भएका विकास निर्माणलाई निरन्तरता दिदैँ चालु आर्थिक वर्षमा सार्वजनीक नीति तथा कार्यक्रम र बजेटलाई पारित गरि कार्यान्वयनमा ल्याउन लागिपरेको बताउनुभयो ।

मेयर श्रेष्ठका अनुसार दैनीक जिवनमा प्रत्यक्ष सरकोकार राख्ने बाटो, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, सहकारी र राजस्व संकलन जस्ता विषयहरुमा नगरपालिको आफ्नो कार्य सम्पाद गर्दै आएको छ ।

विशेष गरि सुशासन कायम गर्न नगरपालिकाले नीतिगत रुपमा ७ वटा ऐन, ६ वटा कार्यविधी र भौतीक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियामावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९) सहित १४ वटा ऐन, नियम र कार्याविधि निर्माण गरि कार्यान्वयनमा ल्याइएको छ। नगरपालिकाले विकास निर्माणसँगै सुशासन कायम गर्न प्रयासरत रहेको मेयर श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, भौतीक पूर्वाधार तर्फ यो वर्षमा मन्दिर ९ वटा, फल्चा (पाटी) २१ वटा, वहा २ वटा, विभिन्न मन्दिर परिसर २१ वटा, पार्क ९ वटा, ऐतिहासिक दरबार २ वटा, विहार १ वटा, पोखरी १ वटा, घाट १ वटा र गुम्बा १ वटा निर्माण भएका छन् । सडक पूर्वाधार तर्फ २१ वटा सडकको कालोपत्रे गरिएको छ भने २१ स्थानमा ढलान, रिटेनिगं वाल १९ स्थामा, ढुंगा छपाई २८ स्थानमा, बल्क छपाई ११ स्थानमा निर्माण कार्य भएका छन् ।

त्यस्तैगरि, बाटो खोल्ने र फराकीलो बनाउने काम १८ स्थानमा र एउटा पुल निर्माण भएको छ । खानेपानी तर्फ ५ वटा योजना, ढल निकास तर्फ २८ वटा, भवन तथा ट्स निर्माण १८ र अन्य मर्मत सम्भार २७ वटा योजना सञ्चालन भएका छन् ।

मेयर श्रेष्ठका अनुसार अभिलेखिकरण र नियमित दर्ता ३७५, नियमित अभिलेखिकरण २९, निर्माण सम्पन्न ७१, राजस्व संकलन, भवन निर्माणको नियमित अभिलेखिकरणको अभियानबाट थप २ करोड आय हुने अनुमान गरिएको छ ।

मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडकमा स्मार्ट लाईट जडानका लागि नेपाल विद्युत प्राधिकरणसँगसम्झौता भइसकेको छ भने जसअन्तर्गत अरिनको राजमार्गमा सडक बत्ति जडान भइसकेको छ ।
त्यस्तैगरि २०५६ सालदेखि नक्सा पास रोक्का रहेको बुढाथोकी, काँलाडोल, मनोहरा फाँट बोडे तथा २०७७ साल देखि रोक्का रहेका कोँला, विसंतकी, राधेराधे, कुण्डोल र गाँखु क्षेत्रमा एकीकृत जग्गा विकास योजना सञ्चालन गर्ने गरि प्रारम्भीक सम्भाब्यताको कार्य अगाडि बढेको मेयर श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ६९ करोड ३० लाख ७१ हजार आन्तरिक राजस्व संकलन छ । चालु खर्च तर्फ ३५ करोड ७८ लाख ९३ हजार खर्च (५४.६५ प्रतिशत) र पुँजीगतर्फ २८ करोड १७ लाख ७ हजार खर्च प्रतिशत २५.३५ प्रतिशत रहेको पनि नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल कोरिया मैत्री अस्पतालमा आधुनिक चिकित्सा सेवा विस्तार गरिएको, भौतीकविकासका लागि ९ करोड ५० लाख बजेटको ब्यवस्था गरिएको, अस्पतालको भौतीक पूर्वाधार तथा उपकरण ब्यवस्थापनको लागि दक्षिण कोरिया सरकार र कोइकाबाट १ अर्ब ३० करोड बराबरको सहयोगको प्रतिबद्धता आएको जनाएको छ ।

त्यस्तै, उपमेयर विजय श्रेष्ठले कार्यभार समालेसँगै नगर सभाबाट शिक्षा, स्वास्थ्य, रोजगारी र जनतालाई अधिकार दिलाउने प्रतिबद्धता गरेअनुसार अगाडि बढेको बताउनुभयो ।
यस्तो छ पूर्णपाठ
प्रकाशित | १४ जेष्ठ २०८०, आईतवार १८:१८