उपाधिसहित क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं:  थाइल्याण्डमा सम्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू-१६ क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदै छन् । उपाधि बिजेता नेपाली टोली थाई एयरवेजबाट सोमबार दिउँसो २ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।  आइतबार भएको फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । प्रतियोगितामा नेपालले सत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ०९:२५