नेपालको संविधान (दोश्रो संशोधन) विधेयकमाथि छलफल शुरू

काठमाडौँ – निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ। प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालका संविधान नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा प्रस्तावपछि दलीय आधारमा विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १३:४६