हावाहुरी प्रभावीतलाई प्रदेश १ सरकारद्धारा एक करोडको चेक हस्तान्तरण

काठमाडौं: प्रदेश १ सरकारले बारा र पर्साका हावाहुरी प्रभावीतलाई एक करोडको चेक हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २ का मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोग प्रति आभार प्रकट गर्नुभयो । गत चैत्र १७ गते बारा पर्सामा भएको भीषण हावाहुरीमा २९ जनाको ज्यान गएको थियो भने सयौं मान्छे घाइते भएका थिए ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १७:३४