एनआरएनए साउदीमा बने अहिलेसम्मकै सबैभन्दा धेरै सदस्य

साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबमा अनलाइन सदस्यताको लागि तोकिएको समयसिमा समाप्त भएको छ । अनलाइन सदस्यताका लागि निर्धारित मिति ३० जुन भित्र जम्मा ३ हजार ६ सय ७४ जनाले अनलाइन सदस्यताका लागि आवेदन दिएका छन् । यो संख्या एनआरएनए साउदी अरबको अहिलेसम्मकै उच्च हो ।

सदस्यताका लागि आवेदन दिएका मध्य २ हजार ६१९ जना पञ्जिकृत सदस्यहरूको सदस्यता प्रमाणिकरण भइसकेको छ भने बाँकि सदस्यहरूको डकुमेन्ट रूजु गरि प्रमाणिकरण गर्न साउदी रहेको जनाइएको छ ।

एनआरएनए साउदीको अघिल्लो निर्वाचनमा १ हजार १ सय ७७ जना पञ्जिकृत सदस्य रहेका थिए । गत ११ जुन, २०२१ शुक्रबार सम्पन्न परिषद्को १२ औं पूर्णले पारित गरेको महाधिवेशन निर्वाचन निर्देशिका नियमावली एवम् कार्यतालिका २०२१ अनुसार अनलाइन सदस्यताका लागि जुन ३० तारिखसम्मको समय सिमा निर्धारण गरेको थियो ।

परिषद्को आठौं राष्ट्रिय महाधिवेशन यहि आउदो जुलाइ ३० तारिखमा गरिने कार्यतालिका अनुसार संघले हालसम्म अनलाइन सदस्यता प्रणालीबाट आवेदन दिएका पञ्जिकृत सदस्यहरूको सुचि रूजु गरि यहि जुलाइ ३ तारिखमा पहिलो सूची प्रकाशित गर्ने जनाएको छ ।


प्रकाशित | १७ असार २०७८, बिहीबार १०:५०