विश्व दौडाहमा एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहमा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहमा निस्कनु भएको केसी मंगलबार हङकङसँग पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नु भएको छ ।

केसी  ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय

आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएको केसीलाई एनसिसी हङकङ पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकालसहित कार्यसमितिबाट स्वागत गरिएको छ ।

केसी बुधबार अर्थात ४ र ५ तारिखमा कोरियामा रहनु हुनेछ । सो अवसरमा गैर आवासीय नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोरियामा भेटघाट सकाएर ६ र ७ तारिखमा यूकेमा भेटघाटको कार्यक्रम तय भएको छ ।

यस्तै, यही ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय गर्नु भएको छ ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएको केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।

केसीले सन् २०११ ०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।


प्रकाशित | १६ आश्विन २०८०, मंगलवार २३:१५