सुनचाँदीको मुल्य स्थिर

काठमाडौं: आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज सुनको मूल्य स्थिर छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १५:०९