संघीय संसदको बर्खे अधिवेशन अन्त्य

काठमाडौँ : सङ्घीय संसदको चालू बर्खे अधिवेशन आज अन्त्य हुँदैछ । वैशाख १६ गतेबाट सुरु भएको चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित लगायत अन्य महत्वपूर्ण विधेयक पारित भएका छन्  । संसद् सचिवालयले बर्खे अधिवेशन अन्त्यको सम्पूर्ण तयारी गरेको जनाइए पनि सरकारको पत्र भने संसदलाइ प्राप्त नभएको जनाइएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिसकेकाले बिहीबारै अन्त्य हुने जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र पनि आजै आउन सक्ने उहाँको भनाइ थियो ।


प्रकाशित | २ आश्विन २०७६, बिहीबार ०९:१८