विश्वकप क्रिकेट: भारतलाई अफगानिस्तानकाे चुनाैती

एजेन्सी :  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) उपाधि दाबेदार भारतले अफगानिस्तानको सामना गर्दैछ ।

साउथह्याम्पटनमा भारतले अफगानिस्तानको सामना गर्नेछ । द रोजबल ओभलमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

तुलनात्मक रुपमा बलियो टिम भारत अफगानिस्तानलाई हराउँदै चौथो जितको खोजीमा हुनेछ । भारतले ४ खेलमा ३ जित र १ नतिजाविहीन अंकसहित ७ अंक जोडेको छ । तालिकाको चौंथो स्थानको भारत अफगानिस्तानलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।

तर, अफगानिस्तानविरुद्ध भारत शतर्क भएर खेल्नेछ । किनकी जितविहीन रहेको अफगानिस्तानको अप्रत्यासित नतिजासंग भारतलाई डर हुनेछ ।

अफगानिस्तानले ५ खेलमा अंक जोड्न सकेको छैन । पुछारमा रहेको अफगानिस्तान भारतलाई स्तब्ध बनाउने योजनामा हुनेछ । जसका लागि अफगानिस्तानले जादुमय प्रदर्शन गर्ने सक्छ ।

दुई टिमबीचको पछिल्लो दुई भेटमा भारतले १ खेल जितेको छ । दुईबीचको एक खेल रद्द भएको छ । दुवै खेल एसिया कपको दौरान भएको थियो ।


प्रकाशित | ७ असार २०७६, शनिबार ११:४९