नेपालको रेल भारतको कोलकत्तासम्म सञ्चालन गर्ने सहमति

काठमाडौं : नेपालको रेल भारतको कोलकत्तासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता /हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको हो। दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्ष भित्र भारतको कोलकत्तासम्म नेपालको रेल सञ्चालन हुने गरी सहमतिलाई अघि बढाउने योजना रहेको जानकारी गराउनुभयो । बैठकमा नेपालको वीरगंज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाईन विस्तार गर्न भारतले सहमति पनि भएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार २०:४६