रोमासँग युभेन्टसको लज्जास्पद हार

एजेन्सी:इटालियन सिरी ‘ए’ फुटबलमा लिग च्याम्पियन युभेन्टसले लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको लिगको ३७औं साताको खेलमा युभेन्टस अवे मैदानमा रोमासँग २–० ले स्तब्ध बन्यो ।

आफ्नो घरमा भएको खेलमा रोमाले अन्तिम समयमा गोल गर्दै खेल जितेको हो । खेलको ७८औं मिनेटसम्म कुनै गोल नभएको खेलमा त्यसपछि रोमाले २ गोल हान्यो ।

घरेलु टोली रोमाका लागि ७९औं मिनेटमा फ्लारेन्जीले पहिलो गोल गरे भने त्यसपछि थपिएको समयमा इडेन जेकोले गोल गर्दै रोमालाई २–० ले जिताए ।अब यो हारपछि युभेन्टस ३६ खेलबाट ८९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ भने रोमा ६२ अंकसहित छैटौं स्थानमा छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ११:४९