सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न थाल्यो: सभापति देउवा

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न थालेको भन्दै नेता तथा कार्यकर्तालाई लोकतन्त्र रक्षार्थ लड्न आग्रह गर्नुभएको छ । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न थालेको बताउनुभयो ।

गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाण्डौको शान्ति वाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै सभपाति देउवाले भन्नुभयो, ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन ।’ कांग्रेसका कारण मुलुकमा राजतन्त्र फाल्न सभ्भव भएको र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको दावी समेत गर्नुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १३:२०