कार्यसम्पादन मूल्यांकनमा कागेश्वरी मनोहरा नगरपालिकाको फड्को, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि ल्यायो उत्कृष्ठ अंक

काठमाडौं (थली) : कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा पनि हालसम्मकै उत्कृष्ठ अंक ल्याउन सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा जस्तै (एफआरए) मा पनि उत्कृष्ठ अंक ल्याउन सफल भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा ८७ अंक सूचाङ्कसहित अहिलेसम्मकै उत्कृष्ठ अंक ल्याएको हो । नगरपालिकामा गएक तीन वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ५९.५ अंक र अघिल्लो आर्थिक वर्ष २०७९*०८० मा ६६.५ अंक प्राप्त गरेको थियो ।

मूल्याङ्कन पद्धतिमा पाँच वटा बुँदा समेटिएका छन् । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा स्थानीय तहहरुले गरेका कामको आधारमा मन्त्रालयले बजेट पठाउने गरेको छ ।

कागेश्वरीमा मेयर उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि नगरपालिकाले एक पछि अर्को क्षेत्रमा फड्को मार्दै गइरहेको छ ।

कुन पालिकाले कति ल्याए ? यहाँ क्लीक गर्नुहोस्र

https://fra.mofaga.gov.np


प्रकाशित | १ चैत्र २०८१, शनिबार १०:४४