मैले गरेको कामको मुल्याकंन प्रतिनिधिहरुबाट हुनेछः उपाध्यक्षका उम्मेद्वार साह

काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष पदका उम्मेद्वार सुनील साहले एनआरएनए अभियानमा आफूले प्राप्त गर्दै आएको जिम्मेवारी अनुसार गरेको कामलाई जारी संघको ११ अन्तराष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुले मुल्याकंन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

हाल संघको कोषाध्यक्ष रहनु भएका साहले संघको कोषाध्यक्षको रुपमा आफूले प्राप्त गरेको जिम्मेवारीमा न्याय गर्न सकेको आफूले ठानेको बताउदैं त्यसको अनुभूति आम गैर आवासीय नेपालीहरुले पनि गर्नुभएको छ भन्नेमा आफू विश्वस्त रहेको बताउनु भएको  हो । संघको जारी अधिवेशनमा मतदान सुरु हुनु अघि आफ्नो फेसबुक पेजमार्फत मतको लागि आग्रह गर्दै उपाध्यक्षका उम्मेद्वार साहले संघको कोषाध्यक्षको रुपमा विधानले दिएको कार्यक्षेत्र भित्र रही आफूले कार्यसम्पादन गरेको र त्यसको मुल्यांकन प्रतिनिधिवाट हुने र काम गर्न सक्छ भन्ने ठानेर उपाध्यक्षमा आफूलाई सम्पूर्ण प्रतिनिधिहरुवाट मत प्राप्त हुने उल्लेख गर्नु भएको छ ।

साहले आर्थिक पारदर्शिताको सवालमा महत्वपूर्ण काम गर्दै आउनु भएको छ भने संघको आर्थिक प्रतिवेदनमा सबै सदस्यहरुको पहुच स्थापित गराउनु भएको छ । अहिले संघको आर्थिक बुलेटिननै प्रकाशन हुदैं आएको छ । जसवाट संघको आर्थिक अवस्थाबारे आम सदस्यहरु जानकार हुन पाएका छन् । साथैं साहले कोषाध्यक्षको पदीय जिम्मेवारी बाहेक पनि अन्य प्राप्त जिम्मेवारीलाई आफूले पुरा गरेको बताउनु भएको छ।

साहले घुम्ती रक्त संकलन बसको अभियानमा महत्वपूर्ण योगदान दिदैं संयोजनकारी भूमिका खेल्नु भएको छ । साथैं साहले आफूले एनआरएनए एनसिसीको विभिन्न पदमा रहदैं अध्यक्षको जिम्मेवारीमा रहदा गरेको कामलाई पनि आम गैर आवासीय नेपालीहरुले हेर्नुभएको र त्यसको पनि मुल्याकंन गरेर आफूलाई प्रतिनिधिहरुवाट मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।

साहले एनआरएनए,एनसिसीको अध्यक्ष रहदा नेपालमा कोरोनाको समयमा अमेरिकावाट स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो सहयोग आउने व्यवस्था मिलाउनुभएको थियो भने उहाँको कार्यकाल एनआरएनए, एनसिसीको संस्थागत विकासका लागि महत्वपूर्ण कार्यकालको रुपमा रहेको थियो ।

उपाध्यक्षका उम्मेद्वार साहले प्रतिनिधिहरुको मतको कदर आफूले सदैव गर्ने प्रतिवद्धता सहीत आफूलाई अमुल्य मत प्रदान गर्न पनि सबै प्रतिनिधिहरुमा अपिल  गर्नु भएको छ।


प्रकाशित | १ कार्तिक २०८०, बुधबार २०:२३