प्रचण्ड -माधव समूहले ओलीलाई कारवाही गरेको निर्णयसहित निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले २ सय ९० जनाको हस्ताक्षरसहितको निर्णय आयोगमा बुझाएको छ । सो समूहले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय पनि बुझाएको छ ।

नेकपाका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरु निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो ।

नेता पाण्डेका अनुसार २ सय ८७ जना बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदनसहित २ सय ९० जनाको हस्ताक्षरसहितको निर्णय आयोगमा बुझाइएको हो ।

जसमा ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ति पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्यमध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने नेता पाण्डेले बताउनुभयो । यो समूहले आफूहरुसँग करिब ७० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको दावी गरेको छ ।


प्रकाशित | ८ पुष २०७७, बुधबार १७:२८