आईपीएल खेलेर फर्किए सन्दीप

काठमाण्डौ: डेढ महिनाअघि आईपीएल खेल्न भारत गएका नेपाली युवा लेगस्पनिर सन्दीप लामिछाने  स्वदेश फर्किएका छन् । आईपीएल क्रिकेटमा उनको टिम दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा पराजित भएपछि नेपाल फर्किएका हुन् । सन्दीपलाई अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका थिए ।

अघिल्लो वर्ष आईपीएलमा डेब्यू गरेका सन्दीपलाई यो सिजन पनि दिल्ली क्यापिटल्सले रिटेन गरेको थियो । पछिल्लो सिजनमा अन्तिमका तीन खेल मात्रै खेलेका सन्दिपले यसपटक भने ६ खेलमा मौका पाए । जसमा उनले २३ ओभर बलिङ गरेर महत्वपूर्ण ८ विकेट लिन पनि सफल भएका थिए ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १९:४५