आठौं राष्ट्रिय खेलकुद महिला फुटबल: निशा र निरुको ह्याट्रिकमा पुलिस सेमिफाईनलमा

दाङ: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा पुलिसले जितेको छ । पुलिसले प्रदेश नम्बर ७ लाई ७–० गोल अन्तरले हराउँदै जित्न सफल भएको हो । पुलिसको जितमा निरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे । थप एक गोल रन्जिता गुरुङको नाममा रह्यो । पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाईनल प्रवेश ग¥यो । दोस्रो स्थानको प्रदेश तीनले ६ अंक जोडेको छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १३:०७