खानेपानी मन्त्री मगरको कोस्टारिका भ्रमण अस्वीकृत

काठमाडौं : मन्त्रिपरिषदको बैठकले खानेपानी मन्त्री बिना मगरको कोस्टारिकामा हुने भनिएको भ्रमण अस्वीकृत गरेको छ । खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर त्यसतर्फ जाने तयारी भए पनि मन्त्रिपरिषद बैठकले भ्रमण अस्वीकृत गरेको हो ।

आजको नागरिक दैनिकका अनुसार मन्त्री मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण मन्त्री मगरले नै स्वीकृत गरिसक्नु भएको थियो ।

मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ भन्दै नागरिक दैनिकमा खबर छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०६:४४