गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाएका छौं : मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले एक ‘भर्चुअल’ कार्यक्रममा बोल्दै जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री गुरुङले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि बताउनु भयो ।

मन्त्री गुुरुङले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गर्नु भयो ।


प्रकाशित | २७ मंसिर २०७७, शनिबार १८:५४