काठमाडौं : सामाजिक काममा फरक पहिचान बनाएको ई नेबल नेपालको छैठौं वार्षिकोत्सवका अवसरमा ९ वर्षिय बालिका डोमा तामाङलाई डा. भगवान कोइरालाले कृतिम हात प्रदान गरेका छन् ।
हात नहुने बालबालिकालाई कृतिम हात दिएर सहयोग गर्दै आएको ई–नेबल नेपालको छैठौं बार्षिकोसोत्वको असरमा काठमाडौमा भएको कार्यक्रममा उनले हात गुमाएका र आर्थिक रुपले बिपन्न बालबालिकालाई हात दिएर उनीहरुको जीवनलाई सार्थक बनाउनु महत्वपूर्ण भएको बताएका छन् ।
अहिले पनि दुरदराजका धेरै बालबालिकाले बिभिन्न दुर्घटना र जन्मजातसमेत हात गुमाउनु परेका धेरै घटना भएको भन्दै उनले त्यस्ता बालबालिकाहरुलाई हात दिएर जीवन उपयोगि बनाउन सक्ने क्षमता संस्थाले अभिवृद्धि गरेको बताए।
उनले भविष्यमा समेत हात नुहुने बालबालिकाहरुलाई संस्थाले निरन्तर सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । आफू पनि बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक भएकाले बालबालिकाहरुका लागि छुट्टै अस्पताल निर्माणको क्रममा रहेको भन्दै ई–नेबल संस्थाको पुण्य कामलाई कुनै न कुनै रुपमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे। साथै उनले संस्थाले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले १६ बर्ष मुनिका हात गुमाएका झण्डै २ सय बढी बालबालिकालाई कृतिम हात बनाएर निःशुल्क वितरण गर्दा धेरै बालबालिकाको भविष्य उज्वल भएको जानकारी दिए । उनले भविष्यमा समेत संस्थाले अझ प्रविधियुक्त हातको परिकल्पना गर्दै यसलाई सर्वसुलभ र जिल्लातहसम्म पु¥याइने जानकारी दिए ।
त्यस्तै संस्थाका उपाध्यक्ष हेमन्तराज गौतमले ई–नेबल नेपालले दुर्गम क्षेत्रका बालबालिकालाई काईनेटीक, क्वाउ प्रोस्थेटीक र क्वाउ प्रोस्थेटिक थर्मोपफर्म हात वितरण गरेको जानकारी दिए ।
संस्थाले हात नभएका कारण आफनै जीवनमा आईपर्ने विभिन्न समस्या भोगिरहेका र हात नभएकै कारण अपहेलीत भएका र शिक्षाबाट बञ्चित बालबालिकालाई निःशुल्क कृतिम हात वितरण गरिरहको छ । अझै पनि झण्डै ३५ भन्दा बढी बालबालिकालाई कृतिम हात लगाउन बाकी रहेको संस्थाले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले हातमा हात थप्दै हातेमालो गर्ने बिभिन्न बैकहरु, संघ संस्था र व्यक्तिलाई समेत सम्मानित गरेको थियो ।
प्रकाशित | २८ श्रावण २०८१, सोमबार २१:१०