समाजसेवी डा. घिमिरेको सराहनीय कार्य: खाँदबारी बाल बिकास समाजलाई एक करोड सहयोग

काठमाडौं । प्रशासनविद् एंव समाजसेवी डा। हिरामणी घिमिरे र उन्की श्रीमती सीतादेवी शर्मा घिमिरेले संयुक्त रुपमा खाँदबारी बाल बिकास समाजलाई एक करोड रुपैया प्रदान गरेका छन् ।

संखुवासभा –काठमाडौ जर्नालिष्ट एसोशियसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौमा गरेको कार्यक्रममा डा। घिमिरे र श्रीमती शर्मा घिमिरेले एक करोड रुपैयाको चेक ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का मार्फत बाल विकास समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे । एक करोड रुपैयाको अक्षयकोष मार्फत आएको ब्याजबाट र्दुगम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र उनीहरुको चेतना बिस्तारसंगै स्कुल जान प्ररित गरिनेछ ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोशिएसन एसकाजका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले डा। घिमिरे र परिवारले प्रदान गरेको सहयोग रकमले दुर्गम क्षेत्रका बालबालिकाको क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अक्षयकोषको रकम ठुलो भएका कारण यसबाट भएको आम्दानीले साच्चै दुर्गगम क्षेत्रमा रहेका बालबालिकाको विकासको लागि खर्च गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा समाजसेवी डा. घिमिरेले निर्दोष, अनाथ र दुर्गम क्षेत्रका बालबालिकाको क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले आफूले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्व मुख्य सचिव बिमल कोइराला, पूर्व सचिव दिनेश घिमिरे, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वसचिवहरुको पनि सहभागिता थियो । अनुपा घिमिरेले सञ्चालन गरेको कार्यक्रममा शारदा लम्सालले धन्यवाद मन्तव्य राखेका थिए ।


प्रकाशित | १४ श्रावण २०८१, सोमबार २२:२६