कालिन्चोकमा एमालेको शानदार जीत हुन्छ : बालकृष्ण शिवाकोटी

दोलखा । नेकपा एमालेका नेता तथा पार्टी निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण शिवाकोटीले कालिन्चोक गाउँपालिकामा एमालेको शानदार जीत हुने बताउनु भएको छ । गृह क्षेत्र कालिन्चोकमा एमालेका उम्मेदवारलाई जिताउन खटिरहनु भएको शिवाकोटीले स्थानीय तहमा एमालेको सानदार जित हुने बताउनु भएको हो ।

शिवाकोटीले कालिन्चोक गाउँपालिकामा एमालेको जनलहर अत्यन्तै उत्साहजनक रहेको बताउनु भयो । एमालेको पक्षमा अत्यन्तै उत्साहजनक, लोभलाग्दो माहौल रहेको बताउँदै शिवाकोटीले कालिन्चोक गाउँबासीहरुलाई निर्धक्क भएर मतदान गर्न पनि आग्रह गर्नु भयो ।

कसैको डर, धम्की, लोभ-लालच र प्रलोभनमा नपरी निर्धक्क भएर निर्वाचनमा सहभागि हुन र एमालेका उम्मेदवारलाई मतदान गरि विजयी गराउन उहाँको अपिल छ ।

चुनावी अभियान शुरु भएसँगै अध्यक्षका उम्मेदवार गणेश शिवाकोटी र उपाध्यक्ष उम्मेदवार कविता थामीलगायत टिमका साथ कालिन्चोकका हरेक वडा र गाउँगाउँमा पुग्नु भएको शिवाकोटीले कालिन्चोकमा एमालेप्रतिको आर्कषण लोभलाग्दो भएको बताउनु भयो ।

यो पटक कालिन्चोकमा अध्यक्ष, उपाध्यक्ष र सबै वडामा एमालेले विजयी हासिल गर्ने र समृद्ध कालिन्चोक बनाउने कालिन्चोकबासीको सपना एमालेले पुरा गरिछाड्ने बताउनु भयो ।


प्रकाशित | २७ बैशाख २०७९, मंगलवार २१:४५