क्यान्सर पीडित प्रेमलाल तामाङ घिसिङ (सेफ) लाई सहयोगको अपिल

काठमाडौं: क्यान्सर पीडीत प्रेमलाल तामाङ घिसिङ (सेफ) लाई सहयोगको लागि हार्दिक अपिल गरिएको छ । लामो समयदेखि क्यान्सर पीडित घिसिङ अहिले क्यान्सर विरुद्धको अन्तिम लडाईमा हुनुहुन्छ ।

यो अवस्थामा आइपुग्दा खर्च चाहिँ बढी नै हुने र घरको आर्थिक पनि सकिएको अवस्थामा निकै ठूलो आर्थिक संकटमा पर्नु भएको हो । सामाजीक सञ्जालमा पोष्ट गर्दै उहाँले सबैमा सहयोगको लागि अपिल गर्नु भएको हो ।

घिसिङ भन्नुहुन्छ, ‘मेरो आमाले पालेको भैंसी, बाख्रा पनि बेची सके, गोठ रितो छ । बिग्ने जतीको जग्गा पनि बेचे । अहिले पहाडको जग्ग बिक्री हुन गाँर्हो छ । म सम्पूर्ण साथी भाई, आमा बुवा, दाजुभाइ, तथा दिदीबहीनीहरु र सेफ सम्बन्धी सम्पुर्ण सस्थाहरुलाई एक पटक मलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । तपाइको सहयोगले मेरो जीवन अब बाच्ने छ । यहि २४ गते देखि महँगो खालको उपचार हुँदैछ । लगभग १२ देखि १५ लाख लाग्ने डाक्टरले भन्नू भएको छ । त्यसैले मलाई अन्तिम पटक एक चोटी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।’


प्रकाशित | २२ बैशाख २०८१, शनिबार २०:२६