एनआरएनए बेल्जियमको नयाँ कार्यसमिति सर्वसम्मत: अध्यक्षमा चित्र सुबेदी

बेल्जियम: गैर आवासीय नेपाली संघ बेल्जियमको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बेल्जियममा चित्र सुबेदीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । आइतबार सम्पन्न सातौ अधिवेशनले उपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र हरी भट्टराई चयन हुनुभएको छ ।

त्यस्तै, आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष ) र कमल पन्थी चयन हुनुभयो । महासचिवमा तिर्थ धमला, सचिवमा कर्ण अधिकारी , जनक सुबेदी र दिपक न्यौपाने, कोषाध्यक्षम प्रकाश गिरी , सहकोषाध्यक्षमा जिबन शर्मा , महिला संयोजकमा शुशिला खतिवडा, युवा संयोजकमा काशी दनाइ, सदस्यहरुमा कुलबहादुर कार्की लुभेन, सुमन बराल एन्टवेरपेन, दौलत कुमार साम्ब ब्रुज, ज्ञानेन्द्र घिमिरे गेन्ट, सुबाश भट्ट ब्रुसेल, कुम शाही सेन्त्रुदिन , ओस्टेन्डे भरत पन्त हुनुहुन्छ । खुल्ला सदस्य तर्फ मदन डवाडी, सुजन ढकाल , मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रशाद शर्मा, कमल सितौला र महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी, सरस्वती सुबेदी सर्बसम्मत निर्बाचित हुनु भएको छ ।

अधिवेशनको उद्घाटन संसदीय राज्य ब्यबस्था तथा सुशासन समिति सभापती शशी श्रेष्ठले गर्नु भएको थियो , कार्यक्रममा पूर्व मन्त्री वीर बहादुर बलाएर, लीलामणी पोख्ररेल, बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त , सचिव जानुका गुरुङ , युरोप सयोजक शिव कुमार बरुवाल लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रम एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन महासचिव आङमाया लामाले गर्नुभएको थियो ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार ०८:३८