उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ र भक्तपुरमा चार–चार र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन्।

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई महिला र दुई पुरुष तथा ललितपुरका एक पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार महाराजगंजस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका तीन पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ।


प्रकाशित | ११ असार २०७७, बिहीबार १७:३०